जिल्लाको आदेश उच्च अदालतद्वारा सदर, सुन काण्डमा कृष्ण महरा पुत्र राहुल थुनामै रहने – Nepal Press

जिल्लाको आदेश उच्च अदालतद्वारा सदर, सुन काण्डमा कृष्ण महरा पुत्र राहुल थुनामै रहने

काठमाडौं । उच्च अदालत पाटनले पूर्व सभामुख तथा माओवादी नेता कृष्णबहादुर महराका छोरा राहुललाई धरौटीमा छाड्न अस्वीकार गरेको छ ।

अन्जु उप्रेती ढकाल र दीपेन्द्र अधिकारीको संयुक्त इजलासले बिहीबार उक्त आदेश गरेको हो ।

यसअघि काठमाडौं जिल्ला अदालतले राहुललाई थुनामा पठाउने थुनछेक आदेश गरेको थियो । त्यसपछि राहुल जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगेका हुन् ।

इलेक्ट्रिक सिगरेट–भेपमा ल्याइएको सुनमा जोडिएपछि केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले राहुललाई पक्राउ गरी अनुसन्धान गरेको थियो । उनलाई आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी र संगठित अपराधमा अभियोग दायर गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *