सुनिल र विकल पौडेललाई थुनामा राख्न नमिल्ने भन्दै विशेष अदालतमा बहस – Nepal Press

सुनिल र विकल पौडेललाई थुनामा राख्न नमिल्ने भन्दै विशेष अदालतमा बहस

काठमाडौं । अकुत सम्पत्ति आर्जनमा पक्राउ परेका सुरक्षण प्रिन्टिङ प्रेसका तत्कालिन कार्यकारी निर्देशक विकल पौडेल र नेपाल टेलिकमका पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेललाई थुनामा राख्न नमिल्ने भन्दै यतिबेला विशेष अदालतमा बहस भइरहेको छ ।

म्याद थपका लागि सुनिल र विकललाई अदालत लगिएपछि उनिहरुका कानुन व्यवसायीहरु गैह्रकानुनी थुनामा राखिएको भन्दै बहसमा उत्रिएका हुन् । विशेष अदालतमा म्याथ थप्नेक्रममा सामान्यतया बहसको अभ्यास छैन ।

‘पक्षका कानुन व्यवशायीले बहस गर्न मागेको खन्डमा बहस हुन्छ तर विगतमा यस्तो अभ्यास कमै थियो’, अदालतका एक अधिकारीले भने । पौडेलद्वयका पक्षबाट केही बरिष्ठ अधिवक्ताले बहस गरिरहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार दुवैलाई पक्राउ गरेको हो । विदेशमा बैंक खाता खोलेर पैसा जम्मा गरेको देखि सरकारी सेवामा रहेकै बेला अमेरिकाको पीआर लिएसम्मको आरोप उनिहरुमाथि छ । दुवैले यसअघि पनि भष्ट्रचारको मुद्धा खेपिरहेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *