राष्ट्रियसभा निर्वाचन: मधेशमा जन्मकैद पाएका सांसद शर्मा अनुपस्थित – Nepal Press

राष्ट्रियसभा निर्वाचन: मधेशमा जन्मकैद पाएका सांसद शर्मा अनुपस्थित

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनअन्तर्गत मधेश प्रदेशमा प्रदेश सांसद अभिराम शर्माबाहेक सबै मतदाताले मतदान गरेका छन् ।

जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला संस्कृति भवनमा मतदान भएको थियो । मधेशमा महिला र अन्य समूह (खुला) गरी दुई पदमा आज मतदान भएको हो ।

मधेश प्रदेशमा १०७ जना सांसद छन् । जसमध्ये १०६ जना मतदान गरेका छन् । सशस्त्र प्रहरीका असई थमन बिकको हत्या अभियोगमा जन्मकैद सजाय पाएका शर्मा मतदानमा सहभागी भएनन् ।

यस्तै १३६ स्थानीय तहमा प्रमुख र उपप्रमुख गरी २७२ छन् । जसमध्ये ५ प्रमुख निलम्बित छन् । बाँकी १६७ जनाले मतदान गरेका छन् ।

यहाँ दुई सदस्यका लागि पाँच जनाले उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनको तर्फबाट अन्य समूहतर्फ नेपाली कांग्रेसका आनन्दप्रसाद ढुङ्गाना (धनुषा) र महिलातर्फ जनता समाजवादी पार्टी (जसपा)की पूजा चौधरी (रौतहट)को उम्मेदवारी परेको छ ।

यस्तै नेकपा एमालेको तर्फबाट अन्य समूहतर्फ विजेता झा (धनुषा) र महिलातर्फ उषादेवी थरुनी (पर्सा) उम्मेदवार छन् ।

सत्ता गठबन्धनमै रहेको जनमत पार्टीले अन्य समूहतर्फ रामशंकर महासेठ (धनुषा)लाई उम्मेदवार बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर