राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ५ जना अनुपस्थित – Nepal Press

राष्ट्रियसभा चुनाव : बागमती प्रदेशमा ५ जना अनुपस्थित

हेटौंडा । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत बागमती प्रदेशको मतदान सम्पन्न भएको छ । हेटौंडामा सम्पन्न मतदानमा कूल ३४७ मतदाता मध्य ३४२ जनाले मात्र मतदानमा भाग लिएका छ्न ।

स्थानीय तहका २३७ जनामा २३४ जनाले मतदान गरेका छन भने ११० प्रदेशसभा सदस्य मध्य १०८ जना प्रदेश सभाका सदस्यहरुले मतदान गरेका छन् ।

मतदान प्रक्रियामा नुवाकोटको किस्पाङ गाउँपालिकाको अध्यक्ष बिरबल तामाङ फरार रहेकाले अनुपस्थित भए । उनलाइ चेक अनादार केसमा काठमाडौ प्रहरीले पक्राउ पुर्जी जारी गरेको र गत श्रावण १२ बाट उपाध्यक्षलाई कार्यभार दिएर सम्पर्कविहिन रहेको प्रहरीको उच्च श्रोतले नेपाल प्रेसलाइ जानकारी दिएको छ ।

काभ्रेको चौरीदेउराली गाँउपालिकाको उपाध्यक्ष शेर बहादुर लामा सिकिस्त बिरामी रहेकाले मतदानमा सहभागी भएनन् । काठमाडौ महानगरपालिकाको मेयर बालेन्द्र शाहले मतदान बहिस्कार गरेका छ्न ।

प्रदेश तह अन्तर्गत हाम्रो नेपाली पार्टीको २ सांसद ।

शैलेन्द्रमान बज्राचार्य र सरिता खड्कीले मतदान प्रक्रिया बहिस्कार गरेका छन । दोलखाको गौरीशंकर गाउँपालिकाका उपाध्यक्षको मृत्यु भएको कारण स्थानीय तहको एक जनाको मतभार कम भएको छ ।

चार सदस्यका लागि बिहान ९ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी माविको प्राविधिक भवनमा मतदान मतदान भएको थियो ।

मत परिणाम आजै साँझसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिए । निर्वाचनमा सत्तारुढ गठवन्धन सहित एमाले, काङ्रेस र राप्रपाका १५ जना उम्मेदवार रहेका छ्न ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर