बैंकिङ लगानी ठीक ठाउँमा नहुँदा वित्तीय क्षेत्रमा समस्या आयो : अर्थमन्त्री महत – Nepal Press

बैंकिङ लगानी ठीक ठाउँमा नहुँदा वित्तीय क्षेत्रमा समस्या आयो : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले बैंकिङ लगानी ठीक ठाउँमा नभएकाले अहिले वित्तीय क्षेत्रमा समस्या देखिएको बताएका छन् । अर्थमन्त्री महतले शेयर बजार र जग्गामा धेरै कर्जा विस्तार भयो, त्यो बेला ऋण लिएका ऋणीहरू अहिले समस्यामा परेको बताए ।

‘व्याजदर बढ्यो, तर प्रतिफल आएन’, मन्त्री महतले भने ।

राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवमा अर्थमन्त्री डा. महतले अब घरजग्गाभन्दा पनि आयोजना धितो राखेर कर्जा दिने प्रवृत्तिको विकास गर्नुपर्नेमा जोड दिए । महतले बैंकहरू अब ‘प्रोजेक्ट वेस’ कर्जा विस्तारमा जानुपर्ने बताए ।

उनले भने, ‘वर्गका बैंकहरूले ‘प्रोजेक्ट वेस’ कर्जा विस्तार गर्नुपर्छ , बैंकहरूले जस्तो पनि धितो राखेर ऋण दिँदा समस्या आएको छ । जस्तो पनि कोल्याट्रोल राखेर कर्जा प्रवाह गर्नु हुँदैन ।’

पूर्वाधार र संरचनाका हिसाबले सार्वजनिक क्षेत्र निकै राम्रो भएपनि सहज सेवा प्रवाहमा चुक्दा बदनाम हुनुपरेको उनको भनाइ छ । आम नागरिकलाई हुने सेवा प्रवाह सरल र सहज बनाएर सार्वजनिक क्षेत्रप्रतिको बुझाइलाई सुधार गर्दै जानुपर्ने भन्दै महतले सरकारी भएकै कारण राष्ट्रिय वाणिज्य बैङ्कले अपेक्षित प्रगति गर्न नसकेको बताए ।

यद्यपि, पछिल्लो समय अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको र लगानीकर्तामा विस्तारै मनोबल उकासिँदै गएको उनको दाबी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर