जनमतका दुई मन्त्रीको राजीनामा स्वीकृत, दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई – Nepal Press

जनमतका दुई मन्त्रीको राजीनामा स्वीकृत, दुवै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई

जनकपुरधाम । मधेश सरकारबाट बाहिरिएको जनमत पार्टीका दुई मन्त्रीले दिएको राजीनामा स्वीकृत भएको छ ।

मंगलबार साँझ जनमतबाट शिक्षा तथा संस्कृति मन्त्री रहेका महेश प्रसाद यादव र श्रम तथा यातायात मन्त्री रहेका चन्दन सिंहले मुख्यमन्त्री सरोज कुमार यादव र प्रदेश प्रमुख हरिशंकर मिश्रलाई राजीनामा बुझाएका थिए । उनीहरुको राजिनामा स्वीकृत गर्दै प्रदेश प्रमुखको कार्यालयले दुबै मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री यादवलाई तोकेको छ ।

प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज विज्ञप्ति जारी गर्दै शिक्षा तथा संस्कृति र श्रम तथा यातायात मन्त्रालयको कार्यभार मुख्यमन्त्री यादवले सम्हाल्ने गरी तोकिएको जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर