माघ २२ गते संघीय संसदको बैठक आह्वान – Nepal Press

माघ २२ गते संघीय संसदको बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम सरकारको सिफारिसअनुसार राष्ट्रपति पौडेलले बैठक आह्वान गरेका हुन् ।

माघ २२ गते ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेगरी दुवै सदनको बैठक आह्वान गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर