एनआरएनएको निर्वाचनमा भएको विवाद समाधान गर्न समिति गठन, छानबिन गर्न १५ दिनको समय – Nepal Press

एनआरएनएको निर्वाचनमा भएको विवाद समाधान गर्न समिति गठन, छानबिन गर्न १५ दिनको समय

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)को निर्वाचनमा देखिएको विवाद समाधान गर्न छानबिन समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय बुधबार सार्वजनिक गर्दै सरकारकी प्रवक्ता रेखा शर्माले महान्यायाधिवक्ताको कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा समिति गठन गरेको बताइन् ।

उनका अनुसार समितिमा परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी वरिष्ठ उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेका छन् ।

निर्वाचनलगायतका विषयमा परराष्ट्र मन्त्रालयमा प्राप्त उजुरी र निवेदनहरू र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचनको विवादको सम्बन्धमा र संघको लेखा तथा काम कारबाही सम्बन्धमा छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न समितिलाई सरकारले समय दिएको छ ।

गत कात्तिक ३ मा भएको एनआरएनएको अधिवेशनमा मत परिणाममा धाँधली भएको भन्दै विवाद भएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *