सरकारको दाबी- हिउँदे अधिवेशन विधेयक अधिवेशनको रुपमा परिणत हुन्छ – Nepal Press

सरकारको दाबी- हिउँदे अधिवेशन विधेयक अधिवेशनको रुपमा परिणत हुन्छ

काठमाडौं । आगामी हिउँदे अधिवेशनबाट धेरैभन्दा धेरै विधेयक पारित गराउने सरकारको तयारी छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा यो अधिवेशनमा धेरै विधेयक पारित गराउन सरकारले गृहकार्य गरिरहेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।

उनले भनिन्, ‘हिउँदे अधिवेशन भनेको विधेयक अधिवेशन हो । संघीयता कार्यान्वयनको लागि आवश्यक कानून मन्त्रालयले अगल अलग मन्त्रालयसँग छलफल पनि गरिरहेको छ । हिजोको क्याबिनेटमा पनि प्रधानमन्त्रीले सबै मन्त्रालयलाई निर्देशन गरिसक्नुभएको छ । त्यहीअनुसार सबै मन्त्रालय विधेयक बनाउन लागिरहेको रिपोर्टिङ पनि छ ।’

उनले संघीय शिक्षा ऐन, संघीय निजामती ऐन, प्रहरी ऐनलगायतका महत्वपूर्ण ऐनलाई पनि टुंग्याउने बताइन् ।

सञ्चारमन्त्री शर्माले भनिन्, ‘सञ्चारसहित सबै मन्त्रालयले विधेयक लिएर जाछन् । यो पटकको अधिवेशन साँच्चै विधेयक अधिवेशनको रुपमा परिणत हुन्छ भन्ने सरकारको आशा छ । त्यहीअनुसार होमवर्क भइरहेको छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर