वडाध्यक्षका भाइले लिएको ऋणकाे तमसुक दर्ता नगरेको भन्दै साहूले लगाए ताला – Nepal Press

वडाध्यक्षका भाइले लिएको ऋणकाे तमसुक दर्ता नगरेको भन्दै साहूले लगाए ताला

जनकपुरधाम । कपाली तमसुक दर्ता गर्न आनाकानी गरेको भन्दै महोत्तरीको औरही नगरपालिका २ को वडा कार्यालयमा तालाबन्दी गरिएको छ ।

स्थानीय नवीन यादव, अन्चल देवीसहित साहू (महाजन)ले वडा कार्यालयमा ताला लगाएका हुन् । उनीहरु वडाध्यक्ष दरेश यादवविरुद्ध सडकमा टायर बालेर नाराबाजी पनि गरे ।

लेनदेन सम्बन्धी कपाली तमसुक लगायतका कागज वडा कार्यालयबाट प्रमाणीकरण गर्न भोलिसम्मको मात्र समय दिएको छ ‌। तर अध्यक्ष यादवले तमसुक दर्ता नगरेपछि वडा कार्यालयमा तालाबन्दी गरेको साहु नविन यादवले बताए ।

वडाध्यक्षका भाइ जगदीश यादवले स्थानीय दर्जनौं साहूबाट ऋण लिएका छन् । त्यसैले वडाध्यक्ष यादव आफ्नो भाइविरुद्धको तमसुक दर्ता गर्न नमानेको साहुहरुको आरोप छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *