नारायणहिटी दरवार संग्रहालयको सीमा पर्खाल सुधार गर्न महानगरको ताकेता – Nepal Press

नारायणहिटी दरवार संग्रहालयको सीमा पर्खाल सुधार गर्न महानगरको ताकेता

काठमाडौं । काठमाडौं महानगरपालिकाले नारायणहिटी दरवार संग्रहालयको सीमा पर्खाल सुधार गर्न ताकेता गरेको छ । नेपाल ट्रष्टको कार्यालयको अधिनमा रहेकोनारायणहिटी दरवार संग्रहालयको सीमा पर्खाल सुधार गर्न महानगरले ताकेता गरेको हो ।

संग्रहालयको सीमा पर्खाल, बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा व्यवस्था भए बमोजिम १.२ मीटर अग्लो पर्खाल र सो माथि ०.६ मीटर अग्लो जाली राखी निर्माण गर्नुपर्ने व्यवस्था छ । संग्रहालयको निर्मित संरचना सोही बमोजिम सुधार गर्न पुस १३ गते अनुरोध गरेको थियो ।

तर उक्त कार्य गरेको नदेखिएकाले पुनः ताकेता गरेको शहरी व्यवस्थापन विभागकी विभागिय प्रमुख अर्चना श्रेष्ठ (शाक्य)ले बताएकी छन् । मापदण्ड बमोजिम कार्य सम्पन्न गरी जानकारी गराउन निर्देशन समेत दिएकी छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर