नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरीको उदघाटन – Nepal Press

नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरीको उदघाटन

वीरगन्ज । नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा नवनिर्मित लाईब्रेरी (पुस्तकालय)को एक कार्यक्रमकाबीच बिहीबार उदघाटन भएको छ । वीरगन्ज लेडिज सर्कलले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा निर्माण गरेको लाईब्रेरीको उदघाटन भएको हो ।

वीरगन्ज लेडिज सर्कलले करिब डेढ लाखको लगानीमा निर्माण गरेको पुस्तकालयको नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले उदघाटन गरेका हुन् ।

लाईब्रेरीको उदघाटन गर्दै अध्यक्ष तिवारीले वीरगन्ज लेडिज सर्कलले करिब एक दशक देखि गर्दै आएको विभिन्न समाजिक कार्यक्रम अन्तर्गत पत्रकारहरुको लागि पुस्तकालय बनाएकोमा खुशी व्यक्त गरे ।

 उनले पत्रकारहरुको लागी अध्ययन पनि आवश्यक रहेकाले नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आउने पत्रकारले लाईब्रेरीमा बसेर पढ्न सक्ने बताए ।

अध्यक्ष तिवारीले मधेस प्रदेशमै सुबिधा सम्पन्न भवनमा नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा पुस्तकालय स्थापना गर्नेलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा बोल्दै वीरगन्ज लेडिज सर्कल की अध्यक्ष प्रीति खेतानले पनि पत्रकारहरुको लागि पुस्तकालयको आवश्यक्तालाई पूरा गरेकोमा खुशी लागेको बताइन् ।

साथै उनले पत्रकारहरुको लागि अगामी दिनमा पनि अवश्यकता अनुसारको सहयोग गरिरहने विश्वास व्यक्त गरीन । कार्यक्रमको सहजीकरण वीरगन्ज लेडिज सर्कल कि उपाध्यक्ष खुश्बु सिंघानीयाले गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर