प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: कोशी प्रदेशको लगातार आठौं हार – Nepal Press

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट: कोशी प्रदेशको लगातार आठौं हार

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले लगातार आठौं हार व्यहोरेको छ । कोशी आठौं खेलमा बुधबार सुदूरपश्चिम प्रदेशसँग ८ विकेटले पराजित भएको हो ।

कोशीले दिएको १२४ रनको लक्ष्य २१ ओभर १ बलमा सुदूरपश्चिमले पूरा गर्‍यो । सुदूरपश्चिमकाका नरेन भट्टले अर्धशतक प्रहार गरे । भट्ट ५३ र प्रकाश पाण्डे ३४ रनमा अविजित रहे । बलिङमा कोशीका फिर्दोस अन्सरीले २ विकेट लिए ।

टीयु क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको कोशीले ३२ ओभरमा १२३ रनमा समेटिएको थियो । कोशीका मिनास थापाले २६, कप्तान अंकित सुवेदीले २२ र कमल खत्रीले १८ रन बनाए । सुदूरपश्चिमका शेर मल्लले ५ र विकास अग्रीले ४ विकेट लिएका थिए ।

कोशी प्रदेशको यो लगातार आठौं हार हो । यो प्रतियोगितामा यसअघि भएका सबै खेलमा कोशी पराजित भएको छ । सुदूरपश्चिम भने ४ खेलमा जीत र एक खेलमा हार व्यहोरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर