महानगर प्रहरीले नै टेर्दैन ‘नो पार्किङ’ – Nepal Press

महानगर प्रहरीले नै टेर्दैन ‘नो पार्किङ’

काठमाडौं । काठमाडौं महानगरपालिकाले मङ्गलवारबाट न्यूरोड क्षेत्रलाई नो पार्किङ क्षेत्र बनायो । महानगरको निर्णय कार्यान्वयनका लागि भन्दै दिनभरि महानगर प्रहरी र महानगरका अन्य कर्मचारीहरू न्यूरोड क्षेत्रमा देखिन्थे ।

त्यस क्षेत्रका व्यवसायीहरू आन्दोलित भएका छन् । यद्यपि महानगरले कडाइका साथ नियम लागू गराउन खोजेको छ । यता, काठमाडौंको टेकुमा देखिएको दृश्यले भने महानगरलाई गिज्याइरहेको छ । नगर प्रहरीको बा २ झ २७२७ नम्बरको गाडी नो पार्किङ क्षेत्रमा राखेको पाइएको हो । महानगर प्रहरीको सवारी नै नो पार्किङ क्षेत्रमा पार्क गरिएपछि आलोचना भएको छ ।

कहिले आकाशे पुल मुनिबाट गैर कानूनी रूपमा बाटो काट्ने नगर प्रहरी त, कहिले ट्राफिक नियमको उल्लङ्घन गरी सवारी चलाउने नगर प्रहरी । कहिले ठेला गाडा हुत्त्याएर फाल्ने नगर प्रहरीका कार्य निकै आलोचित हुँदै आएका छन् ।

महानगरले न्यूरोड क्षेत्रको धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल वरपरको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *