नापी सर्वेक्षक यादवसहित तीन जना अख्तियारको फन्दामा – Nepal Press

नापी सर्वेक्षक यादवसहित तीन जना अख्तियारको फन्दामा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई घुससहित पक्राउ गरेको छ ।

आयोगका अनुसार नापी सर्वेक्षक यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित पक्राउ गरिएको हो ।

उनीहरूलाई मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *