यू-१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै – Nepal Press

यू-१९ विश्वकप क्रिकेट : नेपाल र पाकिस्तान भिड्दै

काठमाडौं । यू-१९ विश्वकप क्रिकेट अन्तरगत नेपालले आफ्नो दोस्रो खेल आज पाकिस्तानसँग खेल्दैछ ।

इस्ट लन्डनस्थित बफ्यालो पार्कमा नेपाली समयानुसार दिउँसो १ः४५ बजे खेल सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग पराजित भएको हुँदा पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो ।

यसअघि यू-१९ क्रिकेट विश्वकपमा नेपाल र पाकिस्तानबीच तीन पटक खेल भएका छन् । तीमध्ये एक खेल पूरा हुन सकेन भने एक खेलमा नेपाल तथा एक खेलमा पाकिस्तानले जीत हात पारेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर