चितवन प्रहरीले दुई दिनमै समायो ४२ जना फरार व्यक्ति – Nepal Press

चितवन प्रहरीले दुई दिनमै समायो ४२ जना फरार व्यक्ति

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुई दिनमा ४२ जना जेल भुक्तान गर्न बाँकी फरार व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार हिजो र आज गरि ४२ जना व्यक्ति पक्राउ गरेको हो ।

उनले चितवन जिल्ला अदालले विभिन्न मुद्दामा र फरक फरक मितिमा फैसला गरेर फरार रहका व्यक्तिहरु पक्राउ परेका जानकारी दिए ।

उनीहरुलाई जिल्ला अदालतमा पेश गरिएको पनि उनले बताए । ४२ जनाले कुफ ३० वर्ष २५ दिन कैद सजाय र ५ लाख २२ हजार रुपियाँ जरिवाना तिर्न बाँकी रहेको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *