गोठालो जेठा मिलनले ल्याए निबन्ध संग्रह ‘सम्झनाको सन्दुक’ – Nepal Press

गोठालो जेठा मिलनले ल्याए निबन्ध संग्रह ‘सम्झनाको सन्दुक’

काठमाडौं । लण्डन निवासी साहित्यकार गोठालो जेठा मिलनको निबन्ध संग्रह ‘सम्झनाको सन्दुक’ काठमाडौंमा सार्वजनिक भएको छ । सोमबार एक समारोहबीच गृह मन्त्रालयमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कृति विमोचन गरेका हुन् ।

ताप्लेजुङमा जन्मेर मोरङको पथरीमा हुर्केका गोठालो जेठा मिलन तत्कालीन शाही नेपाली सेनाको जागीर छोडेर सामाजिक तथा राजनीतिक कर्ममा थिए । सन् २०१० देखि उनी बेलायतमा बसोबास गर्दै आफ्नो साहित्यक विधालाई अघि बढाइरहेका छन् ।

यसअघि गीतकारका रुपमा कलम चलाउँदै आएका उनले पहिलोपटक निबन्ध संग्रह प्रकाशित गरेका हुन् । यो आत्मपरक निवन्धमा उनले आफ्नै जीवनका आरोह–अवरोहरुलाई छिचोलेका छन् ।

पुस्तकमा उनले लेखेका छन्, ‘सम्झनाको सन्दुक खोली हेर्दा भेटिन्छ जीवनका रोमाञ्चकारी उकाली ओराली र मोडहरू । भेटिन्छ तपस्याजस्तो प्रेम र आफ्नो पहिचानको लागि राज्यसँग लडिरहेको युवा भेटिन्छ । सिंगै जीवन भेटिन्छ ।’

शिखा बुक्सले प्रकाशन गरेको ‘सम्झनाको सन्दुक’को मूल्य ४७५ रुपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *