वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’ अफर, ५० प्रतिशतसम्मको छुट – Nepal Press

वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’ अफर, ५० प्रतिशतसम्मको छुट

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नयाँ ‘स्मार्ट कम्बो डिल’ अफर सार्वजनिक गरेको छ ।

वर्ल्डलिंकले ५० प्रतिशतसम्म छुट दिने नयाँ ‘स्मार्ट कम्बो डिल’ अफर सार्वजनिक गरेको हो ।

अफर अन्तर्गत ग्राहकले बोट ब्रान्ड को अल्टिमा स्मार्टवाच र बोट एयरडप्स १७० खरिदमा ५० प्रतिशतसम्मको छुट पाउनेछन् ।

यो अफर ग्राहकका लागि अहिलेसम्मकै उत्कृष्ट डिल रहेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार ४ हजार ४९९ रुपैयाँ बजार मूल्य रहेको बोट स्मार्ट वाच २ हजार २४९ रुपैयाँमा र ३ हजार २९९ रुपैयाँ बजार मूल्य रहेको ‘बोट एयरडप्स १७०’ १ हजार ६९९ रुपैयाँमै अफर अन्तर्गत पाउन सकिनेछ ।

अफर नेपालभर वर्ल्डलिंकका सबै शाखाहरुमा उपलब्ध छ । स्मार्टवाच ३ महिना र १२ महिना सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ भने, १७० एयरडप्स १, ३ र १२ महिनाको सब्सक्रिप्सन लिएका ग्राहकहरुका लागि उपलब्ध छ ।

यसका साथै हरेक वार्षिक सब्सक्रिप्सनमा डुअल ब्यान्ड र नोकिया बिकन १.१ राउटर समेत निःशुल्क पाउने कम्पनीले जनाएको छ ।

अफरका लागि ग्राहकले नजिकैको वर्ल्डलिंकको कार्यालयमा जान सक्नेछन भने, थप जानकारीका लागि ९८०१५२३०५२ मा कल गरी बुझ्न सकिने कम्पनीले जनाएको छ ।

 


प्रतिक्रिया

One thought on “वर्ल्डलिंकले ल्यायो ‘स्मार्ट कोम्बो डिल’ अफर, ५० प्रतिशतसम्मको छुट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर