कृषि अनुसन्धान परिषद्मा कामु कार्यकारी निर्देशक बनाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश – Nepal Press

कृषि अनुसन्धान परिषद्मा कामु कार्यकारी निर्देशक बनाउने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद्को कार्यकारी निर्देशकमा डा. ध्रुवराज भट्टराईलाई कामु जिम्मेवारी दिने कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मन्त्री वेदुराम भुसाललाई समेत विपक्षी बनाएर दायर रिटमा पाटन उच्च अदालतका न्यायाधीश हरिप्रसाद पौडेलले मंगलबार सुनुवाई गर्दै उक्त आदेश गरेका हुन् ।

कनिष्ठलाई जिम्मेवारी दिइएको भन्दै ३ जनाले रिट दायर गरेका थिए । अन्तरिम आदेशलाई निरन्तरता दिने नदिने सम्बन्धमा छलफल गर्न अदालतले माघ १४ गते दुवै पक्षलाई बोलाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर