जनमतले मधेश प्रदेश सरकार छाड्यो, समर्थन फिर्ता – Nepal Press

जनमतले मधेश प्रदेश सरकार छाड्यो, समर्थन फिर्ता

जनकपुरधाम । जनमत पार्टीले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

जनता समाजवादी पार्टीका सरोजकुमार यादव नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको जनमतका मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यावदले बताए ।

मधेश सरकारमा जनमत पार्टीको तर्फबाट महेशप्रसाद यादव शिक्षा तथा संस्कृतिमन्त्री र चन्दन सिंह श्रम तथा यातायातमन्त्री छन् ।

समर्थन फिर्ता लिने निर्णयसँगै उनीहरुले राजीनामा दिएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर