जय श्रीराम भन्दै देउवाले दिए मोदीलाई बधाई, राम मन्दिर प्राण प्रतिष्ठा समारोह गौरवशाली क्षण – Nepal Press

जय श्रीराम भन्दै देउवाले दिए मोदीलाई बधाई, राम मन्दिर प्राण प्रतिष्ठा समारोह गौरवशाली क्षण

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् ।

अयोध्यामा राम मन्दिर पुनर्स्थापनाबारे नेपालका राजनीतिक दलबाट आएको यो पहिलो औपचारिक प्रतिक्रिया हो । सभापति देउवाले अयोध्याको प्राण प्रतिष्ठा समारोह सनातन धर्मका अनुयायीहरूका लागि गौरवको क्षण भएको भन्दै मोदीलाई बधाई दिएका हुन् ।

देउवाले जय श्रीरामको नारासहित अयोध्या प्रकरणमा कांग्रेसको समर्थन जनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर