जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरियो – Nepal Press

जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरियो

जनकपुरधाम । भारतको अयोध्यामा भएको श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा जनकपुरधामसहित जानकी मन्दिरमा सवा लाख दीप प्रज्वलन गरिएको छ ।

हिन्दूवादीहरुले जानकी मन्दिरमा ‘जय श्रीराम’ अंकित दीप प्रज्वलन गरेका हुन् । दीप प्रज्वलन कार्यक्रममा ठूलो संख्यामा नगरबासी सहभागी भएका थिए ।

जनकपुरधामको घर घरमा दीपावली गरिएको छ । जनकपुरधाम भगवान श्रीरामको ससुराल हो । अयोध्यामा भगवान श्रीरामको मन्दिर बनेपछि यहाँका मन्दिरका साधुसन्त, महन्त र नगरबासी उत्साहित छन् ।

जनकपुरधामसहित देशभर प्राण प्रतिष्ठाको अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम गरिँदै छ । सिरहाको लहानमा ११ हजार १११ दीप प्रज्वलन गरिएको छ ।

वीरगञ्ज, गोलबजार, जलेश्वरलगायतका ठाउँमा पनि झाँकी प्रदर्शन, रथयात्रा, दीपोत्सवलगायतका कार्यक्रम गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *