स्वास्थ्य सचिवसँग तोसिमाको सवाल जवाफ- वीरका करार कर्मचारी निकालेर किन करारमै भर्ती गरियो ? (भिडिओ) – Nepal Press

स्वास्थ्य सचिवसँग तोसिमाको सवाल जवाफ- वीरका करार कर्मचारी निकालेर किन करारमै भर्ती गरियो ? (भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तोसिमा कार्कीले वीर अस्पतालका २२१ जना करारका कर्मचारीहरु एकै पटक किन हटाउनुपरेको भन्दै प्रश्न गरेकी छिन् । सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बवैठकमा उनले करारकै कर्मचारी निकालेर पुनः करारकै कर्मचारी किन राखियो ? भन्दै प्रश्न गरिन् ।

उनले सोधिन्, ‘करारका कर्मचारीलाई त्यसमै स्थायी दरबन्दी सिर्जना गरौँ भन्ने विषय राखेका थियौँ र केही महिनाअघि मात्रै वीर अस्पतालका २२१ जना करारका कर्मचारी हटाइयो । स्थायी दरबन्दी थपिन्छ कि भन्ने जस्तो लागेको थियो, फेरि करारकै कर्मचारी लिइयो । उहाँहरूलाई हटाउनुपछिको कारण के थियो । उहाँहरु कारबाही परेर हो वा के कारण थियो ? फेरि करारकै कर्मचारी किन राखियो ?’

बैठकमा जवाफ दिँदै सचिव देवकुमारी गुरागाईंले वीर अस्पतालमा २६१ स्वास्थ्य जनशक्ति थप गर्न लागिएको जानकारी दिइन् । केही दिनभित्रै लोकसेवाको सेड्युलबाट विज्ञापन निकाल्न लागिएको उनको भनाइ थियो ।

सचिव गुरागाईँले भनिन्, ‘वीरको कुरा अलि फरक तरिकाले मिडियामा आएको छ । त्यो होइन । हामीले ८३१ दरबन्दीमध्ये ५ सय जना नर्सिङको दरबन्दी थियो । त्यसमा हामीले ३ सयको लोकसेवाबाट सिफारिस गरेर उहाँहरु दशैँअघिदेखि काम गर्दै हुनुहुन्छ । २३४ को विज्ञापन गइसक्यो । पद रिक्तको गरेर २६१ जनाको विज्ञापन गएको छ । २ सय बढी वीरबाट निकालियो भन्ने छ, त्यो अघिल्लो वर्ष नै निकाल्नुपर्ने थियो, लोकसेवाबाट प्रोसेस आइनसकेकोले उहाँहरूलाई काममा राखेका थियौँ । उहाँहरुलाई कोभिड १९ केसको लागि राखेको थियो । स्थायी दरबन्दी ल्याउन नसकेकाले राखेका थियौँ । राज्यको श्रोतअनुसार गर्नुपर्ने भएकाले बाध्य भएर निकाल्नुपरेको हो । अहिले त्यसको रिप्लेस भइसकेको छ ।’


प्रतिक्रिया

One thought on “स्वास्थ्य सचिवसँग तोसिमाको सवाल जवाफ- वीरका करार कर्मचारी निकालेर किन करारमै भर्ती गरियो ? (भिडिओ)

  1. करारमा पैसा खाएर राख्न पहिलेकालाई निकालेर नयाँ भर्ना गरेको हो । मन्त्री भएकै यति गर्न हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर