पञ्चाविरुद्ध पक्राउ पुर्जी जारीपछि दीपेश पुनको ‘धम्कीपूर्ण’ स्टाटस – Nepal Press

पञ्चाविरुद्ध पक्राउ पुर्जी जारीपछि दीपेश पुनको ‘धम्कीपूर्ण’ स्टाटस

काठमाडौं । अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहलाई हत्या अभियोगमा पक्राउ पुर्जी जारी भएपछि महासचिव दीपेश पुनले फेसबुकमा कडा प्रतिवाद गरेका छन् ।

जनयुद्धमा जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको स्मरण गर्दै नाफाको जिन्दगीमा कुनै डर नभएको उनको भनाइ छ ।

उनले लेखेका छन्, ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्वोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरूलाई थकाई सकियो अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ? अरे हामी मर्न हिडेर सँगसँगै सहयोद्वाहरूलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार । धेरै खेलेसी नथान है नाफाको जीन्दगी हो । कसैसँग मतलब छैन । आत्मघाती बम बन्न नपरोस् ।’

१५ वर्षअगाडि कालीकोटका राजबहादुर मल्लको हत्या अभियोगमा जिल्ला अदालत सुर्खेतले सिंहसहित ६ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।


प्रतिक्रिया

2 thoughts on “पञ्चाविरुद्ध पक्राउ पुर्जी जारीपछि दीपेश पुनको ‘धम्कीपूर्ण’ स्टाटस

  1. ज्यानमारा हत्याराको पक्षमा धम्की कसलाई नेपाली जनतालाई कि कसलाई अखिल क्रान्तिकारी सरकारको भात्री संगठन होइन र सरकारमा पनि छ यो धम्की कसलाई जो चोर उसैको ठुलो स्वर छि

  2. यहि धम्कीको आधारमा यसलाई तुरून्त पक्रिन मिल्छ । काजिका पुलिस के हेर्दैछन् ? सुन तस्कर भैसके अब त पहिलेका लडाकु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर