नेपालबाट ६ महिनामा साढे १ अर्बको कुकुर-बिरालोको खान्की निर्यात – Nepal Press

नेपालबाट ६ महिनामा साढे १ अर्बको कुकुर-बिरालोको खान्की निर्यात

काठमाडौं । चालू आर्थिक वर्षको पुस सान्तसम्म नेपालले १ अर्ब ४१ करोड २९ लाख रुपैयाँको कुकुरको आहारा ‘डग च्यू’ निर्यात गरेको छ ।

चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिना (साउन देखि पसुसम्म) नेपालले २२ राष्ट्रहरुमा १ अर्ब ४१ करोड २९ लाख २६ हजार रुपैयाँको कुकुर/बिरालोको आहारा ‘डग च्यू’ निर्यात गरेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा ‘डग च्यू’ को माग ब्यापकरुपमा बढेको छ । ‘डग च्यू’ चौरी गाई तथा गाईको दुधबाट बनाइने छुर्पीको प्रकार हो । जसको प्रयोग पश्चिमा मुलुकहरुमा कुकुर तथा बिरालोको आहारकारुपमा गरिन्छ ।

नेपालले अमेरिका, क्यानडा, बेलायत, जापान, हंकङ, ताईवान, सिंगापुर, नेदरल्याण्ड्स, ग्रिस, मलेसिया, दुबई, थाइल्याण्ड, फिलिपन्स, चाईना, फ्रान्स, न्युजल्याण्ड, कतार र इटाली लगायत २२ राष्ट्रहरुमा ‘डग च्यू’ पठाउने गर्दछ ।

यस चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना असारमा मात्रै नेपालले ३७ करोड ४४ लाख ६२ हजार रुपैयाँको ‘डग च्यू’ निर्यात गरेको थियो ।

त्यस्तै, दोस्रो महिना भदौसम्म ५४ करोड ९८ लाख रुपैयाँ, असोजसम्म ७६ करोड ११ लाख ६ हजार रुपैयाँ, कार्तिकसम्म ९७ करोड ८९ लाख ४९ हजार रुपैयाँको ‘डग च्यू’ निर्यात भएको थियो भने, मंसिर महिनासम्म उक्त डग च्यूको निर्यात १ अर्ब १८ करोड ७३ लाख ६३ हजार रुपैयाँ पुगेको थियो ।

पुस महिनासम्म आइपुग्दा नेपालले ७ लाख ९ हजार केजी ‘डग च्यू’ को निर्यात गरि १ अर्ब ४१ करोड २९ लाख २६ हजार रुपैयाँ भित्र्याएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर