कोषको कार्यकारी निर्देशक हुन लक्ष्मी पुन अयोग्य रहेको अदालतको ठहर, यस्तो छ आदेश – Nepal Press

कोषको कार्यकारी निर्देशक हुन लक्ष्मी पुन अयोग्य रहेको अदालतको ठहर, यस्तो छ आदेश

काठमाडौं । पाटन उच्च अदालतले पशुपति क्षेत्र विकाश कोषको कार्यकारी निर्देशक हुन आवश्यक योग्यता नपुगेको भन्दै लक्ष्मी पुनको नियुक्तिविरुद्ध अन्तरिम आदेश दिएको छ ।

पाटन अदालतले कार्यकारी निर्देशक हुन आवश्यक योग्यता पुनसँग प्रथम दृष्टिमै नरहेको पाइएको आदेशमा उल्लेख गरेको छ ।

पुनलाई कार्यकारी निर्देशक नियुक्त गर्ने पशुपति क्षेत्र विकाश कोषको पुस ४ गतेको निर्णय र पुस ५ गतेको नियुक्तिविरुद्ध भरत मरासिनीले पाटन उच्च अदालतमा रिट दायर गरेका थिए ।

पशुपति क्षेत्र विकाश कोषको कर्मचारी सेवा शर्त तथा सुविधा सम्बन्धी नियमावली २०४५ को नियम ९४ क मा अधिकृत स्तर विशिष्ट श्रेणीको कार्यकारी निर्देशक रहने व्यवस्था रहने उल्लेख छ। नियम ९४ खमा योग्यताबारे व्यवस्था छ।

‘विपक्षी लक्ष्मी पुनको व्यक्तिगत विवरणमा उल्लेखित योग्यता र अनुभव सो नियमावलीमा भएको माथि उल्लेखित योग्यता र अनुभवसँग प्रथम दृष्टिमा नै तादात्म्यता रहेको देखिएन’, आदेशमा भनिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *