पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर – Nepal Press

पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक पुनको नियुक्ति बदर

काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति बदर गरेको छ ।

कोषका भरत मरासिनीले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले सुनुवाइ गर्दै अन्तरिम आदेश दिएको हो ।

अदालतले कोषको निर्णय कार्यान्वयन नगर्न भनेपछि उनको नियुक्ति बदर भएको हो ।

गत पुस पहिलो साता कार्यकारी निर्देशकमा नियुक्त भएकी पुनविरुद्ध पुस २९ मा मरासिनीले रिट दायर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर