६ महिनामा सिटिजन्स बैंकले कमायो ७८ करोड २७ लाख खुद नाफा – Nepal Press

६ महिनामा सिटिजन्स बैंकले कमायो ७८ करोड २७ लाख खुद नाफा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले दोस्रो त्रैसमासम्म ७८ करोड २७ लाख ८४ हजार ८१४ रुपैयाँ नाफा कमाएको छ ।

चालू आर्थिक वर्ष २०८०÷८१ को पहिलो ६ महिनासम्म सिटिजन्स बैंकले ७८ करोड २७ लाख ८४ हजार ८१४ रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

दोस्रो त्रैमासम्म बैंकको ब्याज आम्दानी २ अर्ब ८३ करोड ९८ लाख ३१ हजार ४६६ रुपैयाँ गरेको छ । गत आर्थिक वर्ष २०७९÷८० को दोस्रो मसान्तसम्म बैैंकको ब्याज आम्दानी २ अर्ब ८४ करोड ५७ लाख ८७ हजार ६१२ रुपैयाँ रहेको थियो ।

त्यस्तै, बैंकको सञ्चालन मुनाफा १ अर्ब ८ करोड ६४ लाख ५४ हजार ६० रुपैयाा पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको सञ्चालन मुनाफा १ अर्ब १९ करोड १९ लाख ७२ हजार ६१५ रुपैयाँ रहेको थियो ।

त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी ११.०२ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १४६.२० रुपैयाँ रहेको छ ।

सिटिजन्स बैंकको वितरणयोग्य मुनाफा २१ करोड ३० लाख ९१ हजार ६०६ रुपैयाँ ऋणात्मक रहेको छ ।

खुद ब्याज आम्दानीमा आएको कमी र कर्जा नोक्सानी व्यवस्थामा भएको अत्यधिक वृद्धिका कारण गत वर्षको तुलनामा खुद नाफा कम भएको बैंकले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर