गैरकानूनी सम्पति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर, छोरीहरूलाई सफाइ – Nepal Press

गैरकानूनी सम्पति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर, छोरीहरूलाई सफाइ

काठमाडौं । संविधानसभा सदस्यसमेत रहेका सिभिल सहकारीका सञ्चालक गैरकानूनी सम्पत्ति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर भएका छन् । उनका दुई छोरीले भने सफाइ पाएका छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो।

मिना कुमारीको हकमा भने सजाय निर्धारणकै दिन अदालतले बोल्ने प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

केशवलाल श्रेष्ठको हकमा भने कसुर ठहर भएको छ। सजाय निर्धारणका लागि माघ २१ गतेका लागि पेशी तोक्ने आदेश भएको छ।

तामाङ सिभिल सहकारी ठगीमा जोडिएका व्यक्ती पनि हुन्। सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *