उपेन्द्र यादवमाथि सिके राउतको आरोप- शिलान्यासको नाममा दंगा फैलाउन आउँदैछन् – Nepal Press

उपेन्द्र यादवमाथि सिके राउतको आरोप- शिलान्यासको नाममा दंगा फैलाउन आउँदैछन्

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादव शिलान्यासको नाममा दंगा फैलाउन आउन लागेको आरोप लगाएका छन्।

मधेस सरकारले सप्तरीको राजविराजमा स्थापना गरेको ‘मधेस कृषि विश्वविद्यालय’ को भवन शिलान्यास कार्यक्रममा उपेन्द्रलाई रोक्न पार्टीका नेता कार्यकर्ताले ताला लगाएपछि आफूहरुले नरोकेको तर तर कानून अनुसार हुनुपर्ने बताएका हुन्।

उपेन्द्रलाई लक्षित गर्दै भनेका छन्, गौर–नरसंहार गरेर दर्जनौंको निर्मम हत्या गरेका मान्छे सप्तरी मेरो क्षेत्रमा दंगा मचाउन, हत्याहिंसा गर्न किन आउनु पर्ने रु न उहाँको यहाँ घर छ, न उहाँ यहाँको जनप्रतिनिधि। अनि किन उपकुलपति र रजिस्टारलाई जबरजस्ती दबाब दिएर प्रमुख अतिथि बन्नु पर्ने? अतिथि बन्न पनि यति मरिहत्ते हुन्छ ? यस्तो पनि नीच स्तरको राजनीति हुन्छरु मान न मान मैं तेरा मेहमान ?

उनले २०६३–६४ सालमा उपेन्द्रकै नेत्तृत्वमा दंगा मच्चाएर गैर हत्याकाण्ड भएको आरोप लगाएका छन्।

उनले भनेका छन्, ‘२०६३–६४ सालमा उहाँकै नेत्तृत्वमा यहाँ यस्तै दंगा मच्चाइयो, काटमार गरियो, कतिको बलात्कार पनि गरियो। परिणामस्वरूप कति रैथानेहरू, व्यापारीहरू, मारवाडीहरू, उद्योगीहरू, शिक्षाविद्हरू, बुद्धिजीवीहरू सप्तरीबाट आफ्नो पुर्खौली थाकथलो बेचेर पलाएन हुन बाध्य भए। यसले गर्दा सप्तरी खण्डहरमा नै परिणत भयो। र अझै पनि त्यही षड्यन्त्र गर्न खोज्दैछन् तिनै द्वन्द्वउद्यमीहरू।

उनले शिलान्यास गर्न आफूहरुले नरोकेको उल्लेख गर्दै विश्वविद्यालयको ऐन अनुसार प्रदेशका शिक्षा मन्त्रीले गर्नुपर्ने बताएका छन्।

उनले भनेका छन्, ‘तर शिलान्यासको नाममा उहाँ यहाँ दंगा र अशान्ति फैलाउन आउँदै हुनुहुन्छ। गाउँगाउँमा लडाकूहरू ल्याएर राखेका छन्, बाँसका भाटा र हतियारहरू बनाएर राखेका छन्। सरकारले अविलम्ब गौर–नरसंहारका प्रमुख योजनाकार तथा पात्रलाई गिरफ्तार गरोस् र सप्तरीमा शान्ति सुव्यस्था कायम गरोस्। प्रशासनसँग आग्रह छ।’

उनले आफूलाई कुनै प्रमुख अतिथी बन्ने रहर नभएको प्रष्ट पारेका छन्।


प्रतिक्रिया

One thought on “उपेन्द्र यादवमाथि सिके राउतको आरोप- शिलान्यासको नाममा दंगा फैलाउन आउँदैछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर