काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा रहेकी महिलाको हत्या – Nepal Press

काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा रहेकी महिलाको हत्या

काठमाडौं । काठमाडौंको शोभा भगवतीमा लिभिङ टुगेदरमा बसेकी महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले उनीसँग बस्ने पुरुषलाई पक्राउ गरेको छ । माघ ३ गते कोठाभित्र तनहुँकी सोफिया मियाँको शव भेटिएको थियो ।

बन्द कोठा फोरेर हेर्दा शव भेटिएको थियो । आरोपी व्यक्ति केही समय अघि नै भारत गएर बसेको र नेपाल फर्किएको मौकामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

‘अन्य व्यक्तिसँग सोफिया सम्पर्कमा रहेको देखेपछि हत्या भएको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने । पक्राउ परेका व्यक्तिको नाम प्रहरीले सार्वजनिक गरेको छैन । मृतक र हत्या आरोपी दुवै विवाहित हुन् ।

८ वर्षअघि काठमाडौं आएर सिलाईबुनाईको काम गरिरहेका भारतीय नागरिक ४/५ वर्षयता ती महिलासँग लिभिङ टुगेदरमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर