४४ शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित) – Nepal Press

४४ शाखा अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस (सूचीसहित)

काठमाडौं । ४४ जना राजपत्रांकित तृतीय श्रेणी शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा सिफारिस समितिकोको बैठकले जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनको आधारमा सामान्य प्रशासन समूहका ३० जना शाखा अधिकृतलाई सोही समूहको उपसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

नेपाल प्रशासन सेवाको सामान्य प्रशासन सेवामा शाखा अधिकृतबाट उपसचिवमा बढुवाका लागि १ सय ९५ जनाले उम्मेदवारी दिए पनि १ सय ८९ जनाको उम्मेदवारी कायम भएको थियो । शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेमा पहिलो नम्बरमा शोभाकर पाण्डेय रहेका छन् भने अन्तिम ३४ नम्बरमा खगेन्द्रप्रसाद भट्ट रहेका छन् ।

यस्तै, जेष्ठता र कार्यसम्पादन मूल्यांनको आधारमा नेपाल प्रशासन सेवाकै लेखा समूहतर्फका १० जना शाखा अधिकृत पनि सोहि समूहतर्फ उपसचिवमा बढुवा भएका छन् ।

बढुवाका लागि ६३ जना शाखा अधिकृतले आवेदन दिएको भए पनि ५७ जना मात्रै उम्मेदवार बन्न योग्य भएका थिए । लेखा समूहतर्फ शाखा अधिकृतबाट उपसचिवमा बढुवा हुनेको पहिलो नम्बरमा हिमलाल अधिकारी र १० औँ नम्बरमा मनोजकुमार जोशी रहेका छन् ।

यस्तो छ सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर