प्रधानमन्त्री कप: कोशी प्रदेशको लगातार छैटौं हार, गण्डकीसँग २५ रनमा अल आउट – Nepal Press

प्रधानमन्त्री कप: कोशी प्रदेशको लगातार छैटौं हार, गण्डकीसँग २५ रनमा अल आउट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा गण्डकी प्रदेशविरुद्ध कोशी प्रदेश २५ रनमा अल आउट भएको छ ।

गण्डकीले दिएको १६८ रनको लक्ष्य पछ्याएको कोशी १५ ओभर २ बलमा २५ रनमा समेटिएको हो । कोशीका कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । गण्डकीका कप्तान बिपिन खत्रीले ६ विकेट लिए ।

सन्दीप पराजुलीले ३ र अंकित न्यौपानेले १ विकेट लिए ।

यो संगै कोशी यो प्रतियोगितामा लगातार छैटौं हार बेहोरेको छ। लगातार तेस्रो हार बेहोरेको गण्डकीले भने पहिलो जित दर्ता गराएको छ ।

यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १६७ रनमा समेटिएको थियो ।

ब्याटिङतर्फ गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७, कप्तान बिपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिएका थिए ।
गण्डकीलाई सस्तो मै समेट्न कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *