गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणमा संलग्न दुईजना स्कार्पियोसहित पक्राउ – Nepal Press

गाउँपालिका अध्यक्ष यादवमाथि आक्रमणमा संलग्न दुईजना स्कार्पियोसहित पक्राउ

जनकपुरधाम । धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकाका अध्यक्ष जयकुमार यादवमाथि आक्रमण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम वडा १९ का अशोक राउत र वडा ७ का मियाज अलि छन् । उनी दुबै जनालाई जनकपुरधाम १९ बेङ्गासिहपुरबाट नियन्त्रणमा लिएको धनुषा प्रहरीका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

अस्पतालबाट घर जाने क्रममा जनकपुरधामको तपसी चोकमा गाउँपालिका अध्यक्ष यादवमाथि शुक्रवार मध्यरात्रि आक्रमण भएको थियो । उनले आक्रमण गर्ने व्यक्तिलाई नचिनेको तर १०४७ नम्बरको स्कार्पियोमा आएको बताएका थिए ।

अध्यक्ष यादवको सूचनाकै आधारमा प्रहरीले मधेश प्रदेश ०२–००१ च १०४७ नम्बरको स्कार्पियो गाडीसहित राउत र अलिलाई पक्राउ गरेको हो ‌। आक्रमणमा अन्य तीन जनाको संलग्नता रहेको र उनीहरुको पनि खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

अध्यक्ष यादवले गाडीको पास लाइट बालेपछि सामान्य विवाद भएको र त्यसपछि दुबै पक्षले एक अर्कालाई कुटेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर