कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट – Nepal Press

कोशीविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट, अभ्यासले लिए ६ विकेट

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशविरुद्ध गण्डकी प्रदेश १६७ रनमा अल आउट भएको छ ।

मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकी ४८ ओभर २ बलमा १६७ रनमा समेटिएको हो ।

ब्याटिङतर्फ गण्डकीका मुस्कान थापाले सर्वाधिक ६७ रन बनाए । कप्तान बिपिन खत्रीले ४२ र कमल परियारले १३ रनको योगदान दिए ।
गण्डकीलाई सस्तो मै समेट्न कोशीका अभ्यास तिमिल्सिनाले ६ विकेट लिए ।

९ ओभर २ बल बलिङ गरेका अभ्यासले २ मेडनसहित २३ रन खर्चेर ६ विकेट लिएका हुन् । फिर्दोष अन्सरी, कमल खत्री र सोनु मण्डलले १/१ विकेट लिए ।

यी दुवै टिम पहिलो जितको खोजीमा छन् । गण्डकी यसअघि भएका ३ खेल र कोशी ५ खेलमा पराजित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *