स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएको घटनामा स्क्वायर होटलकी सञ्चालक पक्राउ – Nepal Press

स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएको घटनामा स्क्वायर होटलकी सञ्चालक पक्राउ

काठमाडौं । ललितपुरको पुल्चोकमा रहेको स्क्वायर होटलकी सञ्चालक ललिता भण्डारी पक्राउ परेकी छिन् । होटलमा रहेको स्विमिङ पुलमा करेन्ट लागेर घाइते भएको घटनाको अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको ललितपुर प्रहरी परिसरका प्रवक्ता नवराज कार्कीले जानकारी दिए ।

होटलका सञ्चालकविरुद्ध पुस २९ गते जाहेरी दर्ता भएको थियो । ललितपुरको जावलाखेलका सजिलमान शाक्य उक्त होटलको स्विमिङ पुलमा पौडी खेल्नेक्रममा करेन्ट लागेर घाइते भएका थिए । ४१ वर्षीय शाक्य करिब ५ महिनादेखि कोमामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर