सोएब मलिकसँग केही महिना पहिल्यै सम्बन्ध विच्छेद भएको सानिया मिर्जाको खुलासा – Nepal Press

सोएब मलिकसँग केही महिना पहिल्यै सम्बन्ध विच्छेद भएको सानिया मिर्जाको खुलासा

दिइन् नव जोडीलाई शुभकामना

काठमाडौं । भारतीय टेनिस स्टार सानिया मिर्जाले पाकिस्तानी क्रिकेटर सोएब मलिकसँग केही महिना पहिल्यै सम्बन्ध विच्छेद भएको खुलासा गरेकी छिन् ।

मलिकले पाकिस्तानी अभिनेत्री साना जावेदसँग विवाह गरेको तस्बिर सार्वजनिक भएको भोलिपल्ट आइतबार सानिया र उनको टिमले आधिकारिक वक्तव्य जारी गरेको हो ।

सानिया र सोएबको १४ वर्षअघि विवाह भएको थियो । तर सम्बन्ध विच्छेद भएको सार्वजनिक नभई सोएब र जाभेदबीच विवाह भएको तस्बिर सार्वजनिक भएको हो।

वक्तव्यमा भनिएको छ, ‘सानियाले आफ्नो व्यक्तिगत जीवन आम मानिसको नजरबाट टाढा राखिन्। तर आज सोएब र सानियाबीच सम्बन्ध विच्छेद केही महिना अघि भएको जानकारी गराउनु आवश्यक भएको छ । सानियाले सोएबको नयाँ यात्राका लागि शुभकामना दिएकी छिन् । यो संवेदनशील घडीमा, कुनै अनुमान नगर्न र सानियाको व्यक्तिगत जीवनको सम्मान गर्न हामी आग्रह गर्छौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *