नवलपुरमा एक पुरुषले गरे गर्भवती श्रीमतीको हत्या – Nepal Press

नवलपुरमा एक पुरुषले गरे गर्भवती श्रीमतीको हत्या

चितवन । नवलपुरमा एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । हुप्सेकोट गाउँपालिका-६ बिरुखर्कमा ३३ वर्षीय शेरबहादुर लम्काले ३४ वर्षीया चनिसरा लम्का मगरको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार आज बिहानको राति १ बजे घरमा सुतिरहेको बेला शेरबहादुरले पत्नीलाई कोदालो र खुर्पाले प्रहार गरी हत्या गरेका हुन् ।

३४ वर्षीया चनिसरा ८ महिनाकी गर्भवती भएको प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । शेरबहादुरलाई प्रहरीले घरबाटै पक्राउ गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *