के हो महिनावारी कप, सही तरिकाले कसरी प्रयोग गर्ने ? (भिडिओ) – Nepal Press

के हो महिनावारी कप, सही तरिकाले कसरी प्रयोग गर्ने ? (भिडिओ)

चितवन । महिलाहरू महिनावारी हुँदा प्रयोग गर्ने सामग्रीहरू फरक फरक प्रकारका हुने गर्दछन् ।

महिनावारीमा प्रयोग गर्ने सामग्रीहरूको विकल्प मध्ये महिनावारी कप पनि उपयोगी सामग्रीको रूपमा नेपालमा पछिल्लो समय प्रयोग हुँदै आएको छ ।

पहिलो पटक खरिदमा महिनावारी प्याड भन्दा केही बढी मूल्य पर्ने भए पनि लामो समय प्रयोग गर्न सकिने भएकोले महिलाहरूले महिनावारी कप प्रयोग गर्न रुचाउन पनि थालेका छन् ।

महिनावारी प्याडले लामो समयसम्म नसड्ने भएकोले वातावरण प्रदूषण बढाउने भन्दै मर्यादित महिनावारी अभियानमा काम गर्ने महिला अगुवाहरूले महिनावारी कप प्रयोग गर्न जनचेतना बढाउन पनि थालेका छन् ।

सोही क्रममा महिनावारी कप प्रयोगबारे अभिमुखीकरणको लागि चितवन आइपुगेका पुतली नेपालका टीमले महिनावारी कप प्रयोग कसरी गर्ने भन्ने तरिका सिकाएका छन् ।

पुतली नेपालकी प्रशिक्षक सायना गिरीले महिनावारी कप प्रयोगको तरिकाबारे यसरी सिकाएकी छन्-


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर