क्रिस्टल प्यालेसमाथि आर्सनलको फराकिलो जित – Nepal Press

क्रिस्टल प्यालेसमाथि आर्सनलको फराकिलो जित

काठमाडौं ।  इंग्लिस प्रिमियर लिगमा आर्सनलले क्रिस्टल प्यालेसमाथि ५–० को फराकिले जित दर्ता गरेको छ । पछिल्लो दुई खेलमा लगातार हार बेहोरेको आर्सनले शनिवार भएको खेलमा जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लेको छ ।

आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले २ गरे भने लियान्ड्रो ट्रोसार्ड र गाब्रिएल माघालेसले  समान १-१ गोल गरे । अर्को एक गोल भने आर्सनलले उपहार स्वरुप प्राप्त गरेको थियो ।

खेलको ११औं मिनेटमा गाब्रिएलले खेलमा अग्रता दिलाएका थिए । पहिलो हाफको ३७ मिनेटमा क्रिष्टल प्यालेसका गोल रक्षक डिन हेन्टरसनले आत्मघाती गोल गर्दै आर्सनललाई २–० को अवस्थामा पुर्‍याएका थिए । पहिलो हाफ २–० को अग्रतामा रहेको आर्सनले दोस्रो हाफमा थप ३ गोल गर्न सफल भयो ।

खेलको ५९औं ट्रोसार्डले गोल गर्दै अग्रता ३–० बनाएका थिए । खेलको अतिरिक्त समको चौथो र पाँचौँ मिनेटमा आर्सनलमा मार्टिनेलीले लगातार गोल गर्दै खेल ५–० को अवस्थामा समापन गरेका थिए ।

यो खेल सँगै २१ खेल खेलेको आर्सनल ४३ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा पुग्दा क्रिष्टल प्यालेस २१ अंक सहित १४ औँ स्थानमा छ । लिगमा २० खेल खेलेको लिभरपुल ४५ अंक सहित प्रथम स्थानमा छ भने समान खेल खेलेको म्यान्चेस्टर सिटि ४३ अंक सहित दोस्रो स्थानमा छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *