सुर्खेतमा यातायात व्यवसायीको विवाद : आफूमाथि खुकुरी र ढुंगामुडा प्रहार गरेको भिजिट कर्णालीका कर्मचारीको आरोप – Nepal Press

सुर्खेतमा यातायात व्यवसायीको विवाद : आफूमाथि खुकुरी र ढुंगामुडा प्रहार गरेको भिजिट कर्णालीका कर्मचारीको आरोप

सुर्खेत । भिजिट कर्णाली यातायात प्रालीले अन्य संयुक्त यातायातका कर्मचारीहरूले आफ्ना टिकट बुकिङ काउन्टर तोडफोड गर्दै कर्मचारीहरूमाथि खुकुरी र ढुंगामुडा प्रहार गरेको आरोप लगाएको छ ।

अध्यक्ष प्रकाशकुमार शाहीले अन्य उनीहरूको आक्रमणमा परि आफ्ना ४ जना कर्मचारी घाइते भएको बताए ।

आफूहरूमाथि खुकुरी, ढुङ्गामुडा प्रहार गरिएको उल्लेख गर्दै शाहीले कर्णाली कर्णाली यातायात इन्चार्ज लोकेन्द्र शाहीको टाउकोमा १२ वटा टाँका र शरीरका विभिन्न भागमा चोट लागेको बताए । घाइतेहरूलाई उपचारका लागि कोहलपुर पठाइएको उ नले बताए ।

घटनामा प्रशासनले कुनै सहयोग नगरेको उनको आरोप छ ।

उनले भने- हाम्रा साथीहरू गम्भीर घाइते हुँदा पनि प्रशासन मुकदर्शक भएर बसेको छ । नेपालको संविधान अनुरूप सबैले आफ्नो पेशा व्यवसाय गर्न पाउने अधिकार छ । तर, संयुक्त यातायात प्रालिको दादागिरीले हाम्रो काममा बाधा पुगेको छ । कि त हामीलाई रोजगार दिन पर्‍यो, कि त हाम्रो हाम्रो अधिकार अनुसार व्यवसाय गर्न दिन पर्छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले आइतबार भिजिट कर्णाली यातायात प्रालीलाई टिकट बुझिङ्ग नगर्न आग्रह गरेको छ ।

संयुक्त यातायात प्रालीले भने बसपार्क भन्दा बाहिर काउन्टर राखेर यातायात सञ्चालनमा आएको र बसपार्कबाट नै टिकट काट्नुपर्ने भन्दा विवाद सिर्जना गरिएको जनाएको छ ।

भिजिट कर्णालीले पुस २६ गतेबाट स्कार्पियो सेवा सञ्चालनमा ल्याएको थियो । उक्त प्रालीले बुलबुले गेट नजिक काउन्टर राखेर सेवा दिँदै आएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर