‘तल्लो बाटो’बाट अमेरिका पठाउने धन्दामा मुख्यमन्त्रीका भाइ, कांग्रेस नेताका ज्वाइँ ठगिएपछि खुल्यो पोल – Nepal Press

‘तल्लो बाटो’बाट अमेरिका पठाउने धन्दामा मुख्यमन्त्रीका भाइ, कांग्रेस नेताका ज्वाइँ ठगिएपछि खुल्यो पोल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व गृहमन्त्री बालकृष्ण खाड नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिदा शरणार्थी बनाउने गिरोहमा लुम्बिनी प्रदेशकै मुख्यमन्त्री डिल्ली चौधरीको नाम जोडियो । त्यो बेला मुख्यमन्त्री चौधरीले त्यसको प्रतिवाद गरे ।

तर, मुख्यमन्त्रीका सहोदर भाइको नेतृत्वमा अवैध रुपमा अमेरिका मानव तस्करी हुने गरेको खुलेको छ । मुख्यमन्त्री चौधरीका भाइ महावीर चौधरीले अहिले दाइको पदीय आडमा अवैधरुपमा तल्लो बाटो हुँदै रकम लिएर विभिन्न व्यक्तिलाई अमेरिका पठाउने गरेको पाइएको छ ।

महावीरबाट ठगिएका  धेरै जाना उजुरी लिएर मुख्यमन्त्रीकहाँ पुगेका थिए  । तर कांग्रेसकै क्षेत्रीय सभापतिका ज्वाइँ परेपछि भने दाङमा यो प्रकरण भुसको आगो बनेको छ ।

अमेरिका पठाउने सिलसिलामा महावीरको सम्पर्कमा दाङ क्षेत्र नम्बर २ का कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काका ज्वाइँ दिलबहादुर भण्डारी पुगे । उनले गैर कानूनीरुपमा विदेश पठाउने आस पनि देखाए ।

अवैधरुपमा अमेरिका छिर्नका लागि महावीरलाई १५ लाख रुपैयाँ भीमप्रकाशका ज्वाइँले पहिलो चरणमा नगद लगानी गरे । तर, महावीरले अमेरिका नपठाएपछि फसेको पैसा निकाल्न भण्डारीले निकै दौडधुप गरे । तर, फसेको पैसा निकाल्न नसकेपछि ससुरा भीमप्रकाशलाई अनुरोध गरे ।

ससुरा कांग्रेसकै नेता भएकाले उनले महावीरले दिएका दुई वटा चेक समेत लिएर गए । भीमप्रकाशले ज्वाइँको पैसा निकाल्न धेरै पटक मुख्यमन्त्री चौधरीलाई पहल गरिदिन आग्रह गरे ।

यसैबीच मुख्यमन्त्री चौधरीले वर्षौं पहिलेदेखि नै अमेरिकामा रहेका भाइको गतिविधि र कारोबारबारे आफूलाई कुनै जानकारी नरहेकाे बताएका छन् । उनको सचिवालय स्रोतले भने महावीर अहिले नेपालमै नरहेको जनाएको छ ।

कांग्रेस क्षेत्रीय सभापति भीमप्रकाश खड्काले पैसा माग्न जाँदा छिट्टै दिने भनेर आश्वासन बाहेक अरू केही नपाएको गुनासो गरे । उनले घडेरी वा जग्गा दिएर मिलाउने आश्वासन दिएको धेरै पटक भए पनि कुरा मात्रै भएको र पैसा नदिए कानुन बमोजिम अघि बढ्ने बताए ।


प्रतिक्रिया

One thought on “‘तल्लो बाटो’बाट अमेरिका पठाउने धन्दामा मुख्यमन्त्रीका भाइ, कांग्रेस नेताका ज्वाइँ ठगिएपछि खुल्यो पोल

  1. This is the proof that Nepalese Maoist ( prachandapth) is led by a gang of criminals, a high level of criminals !!
    They make Nepali .. Bhutanese and sell !!
    They sell Nepali and sell ..
    They are prepared and do working as the order from ‘Indian father’ do as to defame Nepal and make a failure country !!
    Condemn !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर