एमाले कर्णालीकाे उपसचिव विवाद उस्तै – Nepal Press

एमाले कर्णालीकाे उपसचिव विवाद उस्तै

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश कमिटीको पहिलो अधिवेशन गत असोज १०–१५ गते सम्पन्न भएको थियो ।

निर्वाचनबाट अध्यक्षमा सल्यानका गुलाबजंग शाह, उपाध्यक्षमा जुम्लाका टेकराज पछाई, सचिवमा सुर्खेतका ध्रुवकुमार शाही, उपसचिवमा दैलेखका रवीन्द्रराज शर्मा र कालीकोटका रमेशकुमार शाही निर्वाचित भएका थिए ।

अध्यक्ष पदमा ३, उपाध्यक्षमा ३, सचिवमा २ र उपसचिव पदमा ९ जनाले उम्मेदवारी दर्ता गराएका थिए ।

जसमा उपसचिव पदका लागि दुई महिलासहित नौ जनाको उम्मेदवारी परेको थियो । जसमध्ये सबैभन्दा धेरै मत दैलेखका रवीन्द्रराज शर्मा र कालीकोटका रमेशकुमार शाहीले ल्याएका थिए ।

साथै, उपसचिवमा उम्मेदवार बनेका ९ जनामध्ये सुर्खेतकी पद्का खड्का र जुम्लाकी मेनका पछाईं पनि थिए ।

उक्त पदका उम्मेदवारमध्ये पुरुषतर्फ सबैभन्दा बढी मत शर्मा र त्यसपछि शाहीको प्राप्त गरेका थिए भने महिला तर्फ खड्काले बढी मत प्राप्त गरेकी थिइन् । तर, अहिले उपसचिव रमेशकुमार शाही कि पद्मा खड्का भन्ने विषयमा विवाद हुँदै आएको छ ।

एमाले केन्द्रीय कार्यालय र केन्द्रीय निर्वाचन आयोगले समावेशीका अनुसार कर्णाली प्रदेश कमिटीको उपसचिवमा रमेशकुमार शाही कि पद्मा खड्का भन्ने विषयमा शक्ति प्रदर्शन गर्दै आएको देखिन्छ ।

यस्तै, पार्टीको केन्द्रीय निर्वाचन आयोगले बिहीबार ४ गते एमाले कर्णाली प्रदेश कमिटीलाई दुईवटा पत्र पठाएको छ ।

जसमा रबिन्द्रराज शर्मा र रमेश कुमार शाहीलाई प्रदेश कमिटीको उपसचिव पदमा वैधानिक रुपमा निर्वाचित भएकाले प्रदेश कमिटीमा उपसचिव पदमा रहि काम कारबाही गर्न भनी पत्र पठाएको छ ।
यसले गर्दा शर्मा र शाहीले खुशी हुने देखिएको छ ।

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाल प्रेससँग कुरा गर्दै समस्याको समाधान गरेको बताएका छन् । पहिलादेखि नै ५ जनामा एक महिला राख्नु पर्ने हुँदा केही ठाउँमा समस्या थियो त्यो समस्या समाधान भएको अध्यक्ष ओलीले बताए ।

पाँच जनामा एकजना महिला हुनैपर्ने भन्ने सबैलाई थाहा भएकै कुरा हो अध्यक्ष ओलीले भने, ‘थाहा छैन् भने, थाहा हुनुपर्छ । तर पाँचमध्ये एक महिला हुन्छ । ल्याप्स गर्न मिल्दैन । त्यसकारण कोटामा सर्वाधिक अंंक प्राप्त गरि विजय भएको मान्छे त्यो कोटामा जाने मान्छे स्वभाविक हुन्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर