ओलीले गरे कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थान भवनको उद्घाटन – Nepal Press

ओलीले गरे कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थान भवनको उद्घाटन

सुर्खेत । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्कुल अफ मेनेजमेन्ट (मुसुम) को नवनिर्मित भवनको उद्घाटन गरेका छन् । ओलीले सुर्खेतस्थित मध्यपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ म्यानेजमेन्ट तथा कर्णाली आदिवासी ज्ञान, सीप तथा प्रविधि संस्थानको भवन उद्घाटन गरेका हुन् ।

आजै विश्वविद्यालयको डिजिटलाइजेशन एण्ड अटोमेशन सिस्टम कार्यक्रमको पनि उद्घाटन गर्ने मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति नन्दबहादुर सिंहले जानकारी दिए ।

भवन उद्घाटन गर्दै शिक्षालाई पढाउने मात्रै नभएर सरसफाइ पढाइको व्यवस्थापन, विश्वविद्यालय, कक्षा, शिक्षक र विभिन्न विभागमा सुधार हुँदै गएको एमाले अध्यक्ष ओलीले बताएका छन् ।
विश्वविद्यालय राम्रो स्थितितर्फ लागि बढ्नुका साथै भाैतिक संरचनाका हिसाबले अगाडि देखिएका बताए ।

उनले भने,` विश्वविद्यालयलाई राम्रो ढङ्गले अगाडि बढाउन खोजिएको देखियो । प्राविधिक पक्ष र हुम्यानिटिजतर्फ सबै विषयमा राम्रो ढंगले पढाइ भइरहेको रहेछ ।’

ओलीले आजै साँज प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

तस्बिरहरू : अप्सरा विष्ट ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *