देवदहको गिद्धेभीरमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु – Nepal Press

देवदहको गिद्धेभीरमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु

रूपन्देही । रुपन्देहीको देवदह नगरपालिका-६ स्थित गिद्धे भीरमा टिपर दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु. २ ख ४५०९ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा बिहीबार साँझ दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सस्वती सारुको मृत्यु भएको राजर्माग सुरक्षा तथा सडक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ । टीफरु चालक देवदह नगरपालिका-७ का २७ वर्षीय सुकदेव वारखरे र माथागढ़ी गाउँपालिका-६ की २२ वर्षीया सृजना सारु घाइते भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर