चौधरी फाउण्डेसनसँगको सहकार्यपछि चिसापानी अस्पतालको सेवाप्रवाह र गुणस्तरमा व्यापक सुधार – Nepal Press

चौधरी फाउण्डेसनसँगको सहकार्यपछि चिसापानी अस्पतालको सेवाप्रवाह र गुणस्तरमा व्यापक सुधार

बर्दघाट । नवलपरासी (पश्चिम) जिल्लाको बर्दघाट नगरपालिका वडा नं। २ मा रहेको चिसापानी अस्पतालमा उपचार सेवा लिनेको चाप बढ्दै गएको छ । पछिल्लो समय अस्पतालको सेवा विस्तारका साथै विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि अस्पतालमा सेवा लिनेको संख्यामा ह्वात्तै वृद्धि भएको हो ।

एक वर्षअघिसम्म अस्पतालमा सेवा लिनेको संख्या न्यून थियो भने पछिल्लो समय विरामीको चाप दोब्बरले बढेको हो ।पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं। १ बाट निर्वाचित सांसद विनोद चौधरीले चिसापानी अस्पतालको स्तरोन्नतिलाई प्राथमिकतामा राखेसँगै अस्पतालप्रति स्थानीयको विश्वास बढ्न थालेको हो । अस्पतालको सेवा सुदृढीकरण र स्तरोन्नती गर्न चौधरी फाउण्डेनसँगको सम्झौतापछि अस्पतालको सेवा प्रवाहमा व्यापक सुधार आएको छ भने विशेषज्ञ चिकित्सकसहितको सुविधा उपलब्ध हुन थालेको हो ।

अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. मञ्जिला घिमिरेले चौधरी फाउण्डेनसँगको सहकार्यपछि अस्पतालको चौतर्फी सुधार आएको बताइन् । उनले भनिन्, ‘अहिले त अस्पतालमा विरामीको चाप बढ्न थालेको छ । हामीलाई व्यवस्थापनदेखि प्राविधिक कुरामा चौधरी फाउण्डेसनको सहयोग महत्वपूर्ण छ । फाउण्डेसनको सहयोग र सहकार्यमा अस्पतालको सेवा प्रवाहमै प्रत्यक्ष असर देखिन थालेको छ ।’

उनका अनुसार अस्पतालको सेवा प्रवाहमा सहजता र विशेषज्ञ चिकित्सकको व्यवस्था भएपछि विरामीको चाप पनि बढ्न थालेको छ । ‘अहिले अस्पतालमा दैनिकजसो उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ । आफ्नै गाउँठाउँमा रहेको अस्पतालबाट राम्रो उपचार हुन थालेपछि यहाँका बासिन्दा पनि खुसी भएको मैले पाएँ,’ उनले भनिन् ।

अस्पतालमा पाँच जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । नर्भिक अस्पतालको सहयोगमा चिसापानी अस्पतालको सेवा प्रवाह र स्तरोन्ततिको कार्य भइरहेको छ । बिग्रेका मेसिनहरुको मर्मत सम्भार, तिनीहरुको प्रयोग र परिचालनका विषयमा तालिम दिइएको छ भने सरसफाइ, ल्याबको गुणस्तर नियन्त्रणका साथै नर्सहरुलाई पनि आवश्यक तालिम प्रदान गर्ने कार्य फाउण्डेसनमार्फत् भएको हो ।

अस्पतालको फोहोर व्यवस्थापन, थोरै ठाउँको अधिकतम प्रयोग गर्न मिल्ने गरी कोठा व्यवस्थापन र अस्पतालको नयाँ संरचना निर्माणमा फाउण्डेसनमार्फत् सहयोग भएको छ । अहिले अस्पतालमा २४ सै घण्टा ल्याबसुविधा उपलब्ध हुनुका साथै शल्यक्रिया सेवासहितको बर्थिङ सेन्टर स्थापना र २४ सैं घन्टा आपतकालीन सेवाहरूको सुनिश्चितता गरिएको छ । विरामीको चाप बढ्न थालेपछि ओपीडी दर्ताका लागि टोकन प्रणाली लागू भइसकेको छ ।

यस्तै चिसापानी अस्पतालमा सीजी सबल केन्द्र सञ्चालनमा आएको छ । फाउण्डेसनकै सहयोगमा सबल केन्द्र सञ्चालनमा आएको हो । सबल केन्द्रमार्फत् हातखुट्टा नभएकाहरुलाई ९कृत्रिम हातखुट्टा० सेवा उपलब्ध गराउन सुरु भइसकेको छ । चौधरी फाउण्डेसनले चिसापानी अस्पतालको संगठन तथा व्यवस्थापन अध्ययन प्रतिवेदन तयार गरी अस्पताल व्यवस्थापन र बर्दघाट नगरपालिकालाई बुझाइसकेको छ ।

६ महिनामै ११ हजार बढिले गराए उपचार

चिसापानी अस्पतालमा पछिल्लो ६ महिनामा ११ हजार बढिले सेवा लिएका छन् । अस्पतालको तथ्यांक अनुसार साउन महिनादेखि पुस मसान्तसम्म अस्पतालमा सेवा लिनको संख्या ११ हजार ३ सय जना रहेको छ । जसमध्ये महिलाको संख्या ६ हजार ७ सय ४६ रहेको छ भने पुरुष ४ हजार ५८३ छन् । त्यस्तै आपतकालीन सेवा (इमर्जेन्सी) लिनेको संख्या करिव दुई हजार छ ।

अस्पतालमा २०७९/८० मा २१ हजारले उपचार गराएका छन् । जबकी २०७८÷७९ मा यो संख्या आधा मात्रै थियो । उक्त वर्ष चिसापानी अस्पतालमा ११ हजारले मात्रै उपचार गराएका थिए । चालू आर्थिक वर्षमा उपचार गराउन आउनेको संख्या अझै बढ्ने अस्पतालको विश्वास छ ।

ट्रमा अस्पताल निर्माण प्रक्रिया अगाडि बढ्यो

चिसापानी अस्पतालसँगै ट्रमा अस्पताल निर्माण प्रक्रिया अगाडि बढेको छ । २५ बेड शैय्याको ट्रमा अस्पताल निर्माणका लागि सरकारले बहुबर्षीय आयोजना अन्तर्गत स्वीकृतिको प्रक्रियामा छ । सरकारले चालू आर्थिक वर्षमा पाँच करोड बजेट विनियोजन गरिसकेको छ । तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर