केन्द्रीय परिषद् बैठकमा सहभागी हुनुअघि सदस्यता अनिवार्य नवीकरण गर्न नेकपा एसको निर्देशन – Nepal Press

केन्द्रीय परिषद् बैठकमा सहभागी हुनुअघि सदस्यता अनिवार्य नवीकरण गर्न नेकपा एसको निर्देशन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय परिषद् बैठकमा सहभागी हुने नेताहरूले दुई बुँदे निर्देशन जारी गरेको छ। माघ १४ र १५ गते हुने परिषद् बैठकमा सहभागी हुने नेताहरूलाई महासचिव घनश्याम भुसालले निर्देशन जारी गरेका हुन् ।

बैठकमा सहभागी हुन आउनेको पार्टी सदस्यता अनिवार्य रूपमा नवीकरण हुनुपर्ने र बैठकमा सहभागिताको लागि केन्द्रीय निकाय, प्रदेश कमिटी, जिल्ला कमिटी लगायतका समयमा नै आफ्नो-आफ्नो कार्य क्षेत्रका केन्द्रीय परिषद् सदस्यहरुलाई परिषद् बैठकबारे जानकारी गराउन पनि भनिएको छ ।

बैठकले पार्टीको विधानलाई पूर्णता दिने तयारी गरेको छ । केन्द्रीय समितिको बैठकको निर्णयअनुसार अहिले विधानलाई पार्टीको तल्लो कमिटीमा छलफलको लागि पठाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर