नेफ्राका उपाध्यक्ष नरेश अग्रवालको आपत्ति- म पक्राउ परेको होइन, फोटो दुरुपयोग भयो – Nepal Press

नेफ्राका उपाध्यक्ष नरेश अग्रवालको आपत्ति- म पक्राउ परेको होइन, फोटो दुरुपयोग भयो

काठमाडौं । राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको सवा २ करोड रूपैयाँ र ३ हजार डलरसहित पक्राउ गरेका नरेश अग्रवाल भनेर आफ्नो फोटो मिडियामा प्रकाशन भएपछि नेपाल फ्रेड फरवार्डर्स एशोसियसन (नेफ्रा) का उपाध्यक्ष नरेश अग्रवालले हैरानी व्यहोरेका छन् ।

क्षेत्रपाटी घर भएका कपडा व्यवसायी नरेश अग्रवालसहित ३ जनालाई बिहीबार राति राजश्वले पक्राउ गरेको थियो । तर, नाम र बसोबास गर्ने ठाउँ मिलेकै कारण कार्गो व्यवसायी नरेश अग्रवालको फोटो मिडियाहरूमा आएपछि उनले आफू उक्त व्यक्ति नभएको भन्दै स्पष्टीकरण दिनुपरेको छ ।

नेफ्राका उपाध्यक्ष अग्रवालले भने, ‘नाम मिल्यो भन्दैमा मिडियाले भेरिफाइ नगरी मेरो फोटो हाल्दिँदा चरित्रहत्या भयो । व्यक्तिगतरूपमा मैले कतिलाई स्पष्टीकरण दिने ? मैले फेसबुक समेत डियक्टिभ गरेँ । जो व्यक्ति नरेश अग्रवाललाई पक्राउ गरिएको भनिएको छ, त्यो म होइन र मेरो फोटो जसले राख्नुभएको छ हटाउन आग्रह गर्छु, नत्र म कानूनी कारबाहीमा जान बाध्य हुनेछु ।’

कतिपय मिडियाले माफी मागेर फोटो हटाए पनि केहीले अझै आफ्नो फोटो प्रयोग गरेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *