प्रधानमन्त्री कपः बागमतीका आशुतोषले कोशीविरुद्ध हाने शतक – Nepal Press

प्रधानमन्त्री कपः बागमतीका आशुतोषले कोशीविरुद्ध हाने शतक

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा बागमती प्रदेशका ओपनर आशुतोष घिरैयाले कोशी प्रदेशविरुद्ध आफ्नो करिअरको पहिलो शतक प्रहार गरेका छन् ।

उनले ९९ बलमा शतक प्रहार गरेका हुन् । टियु क्रीकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बागमतीले ३२ ओभरमा २ विकेट गुमाएर १८४ रन बनाएर खेलिरहेको छ । कप्तान रित गौतम ४९ र इशान पाण्डे ६ रन बनाएर आउट भए ।

बलिङतर्फ कोशीका अभ्यास तिमिल्सिना र कमल खत्रीले १-१ विकेट लिएका छन् । यो प्रतियोगितामा शतक प्रहार गर्ने उनी पाचौं खेलाडी हुन् । यसअघि रशिद खान, सन्दीप जोरा, विनोद भण्डारी र सुजन थपलियाले शतक प्रहार गरिसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *